विराटनगर । कोशी प्रदेश नामाकरण भएको एक हप्ता दिन हुन लाग्दासमेत मुख्यमन्त्री कार्यालयको बोर्ड समेत फेरीएको छैन । ६३ महिनापछि गत बुधबार कोशी प्रदेश नामकरण गरिएको थियो ।

तीन जना मुख्यमन्त्रीले नाम राख्न नसेकेको भन्दै नाम राखेको जस लिएका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मुख्यमन्त्री कार्यालयकै बोर्ड भने फेर्न सकेका छैनन् । एक हप्ता बित्न आट्दा पनि मुख्यमन्त्री कार्यालयमा राखिएको बोर्डमा भने प्रदेश १ सरकार नै राखिएको छ ।

प्रदेश १ मा ९३ जना सांसद छन् । नामकरणको टुंगो लगाउन ६२ जना सांसद आवश्यक पर्थ्यो । तर प्रदेशसभामा ८२ सांसदले कोशीको पक्षमा मत हाल्दा ४ सांसदमात्रै विपक्षमा थिए ।