काठमाडौं । नेपाली सेनाका उपरथी प्रेमप्रकाश शाहीलाई आर्थिक अनियमितता गरेको आरोपमा बर्खास्त गरिएको छ।
अनियमिता आरोपमा छानबिन सकेपछि सैनिक अदालतले उनलाई बिहीबारदेखि लागु हुने गरी सेवाबाटै बर्खास्त गर्ने निर्णय सुनाएको हो ।
उपरथी बाबुराम थापाको नेतृत्वमा गठन भएको कोर्ट अफ इक्वायरीले दिएको प्रतिवेदनका आधारमा उपरथी ताराध्वज पाण्डेको अध्यक्षतामा जनरल समरी अदालत गठन भएको थियो ।
आर्थिक अनुशासनको आरोप लगाउँदै शाहीको घरमा सेनाले छापासमेत मारेको थियो ।

