पुण्य पी अधिकारी
फागुन १७ गते प्रदेशसभा बैठकले कोशी प्रदेश नामाकरण गरेको छ । कोशी प्रदेशवासी हुनलाई हामीले सङ्घीय शासन प्रणालीको सुरू भएको पाँच कुर्नु प¥यो । ०७४ फागुन ३ गते भएको प्रदेश सरकारले ६ वटा प्रदेशले नामाकरण सिध्याउँदा समेत नामाकरण गर्न सकेको थिएन । तर अब भने कोशी प्रदेश नामाकरण भएको छ । प्रदेश १, को नामाकरणका लागि राजनीतिक दलबिच लामो समयदेखि राजनीति चल्यो । राजनीतिका कारण पहिचानसहित प्रदेशको नामाकरणका लागि विभिन्न आन्दोलन, धर्ना र प्रर्दशनहरू भए । ति प्रर्दशनहरूमा कसले के कति लाभ उठाए त्यो अलग विषय हो ।
सगरमाथा प्रदेश, कोशी प्रदेश, मेचीकोशी प्रदेश,कोशीकिराँत प्रदेश, लिम्बूवान प्रदेशलगायत धेरै ओटा नामहरू नामाकरणका लागि चर्चामा आए । कोशी प्रदेश नामाकरण अघि विश्वसामु माउण्ट एभेष्टको देश भनेर चिनिने भएकाले सगरमाथाको व्यापक परिचयलाई एउटा प्रदेशको नामाकरणमा खुम्च्याउन नमिल्ने तर्कविर्तक चलेकै हुन् । ऐतिहासिक दृष्टिकोणले किराँत वा विराट राजाको समयलाई मध्यनजर गरी प्रदेशको नामाकरणका लागि विभिन्न क्षेत्रले ज्ञापनपत्र बुझाएका थिए । ति ज्ञापनपत्रमाथिको कारवाही वा दृष्टिकोण सम्बन्धित निकायले पक्कै राखेको होला ।
प्रदेश १ को नामाकरणका लागि प्रदेशसभामा नेकपा एमाले ३९, नेपाली कांग्रेस २१, नेकपा (एकीकृत समाजवादी) १०, नेकपा माओवादी केन्द्र १४, जनता समाजवादी पार्टी नेपाल ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संयुक्त लोकतान्त्रिक राष्ट्रियमञ्चका तर्फबाट एक÷एक सांसदले प्रतिनिधित्व गरिरहेका छन् । प्रदेशसभामा प्रतिनिधित्व गरीरहेका प्रतिनिधिको सामूहिक छलफलपछि सबैलाई मान्य हुने गरी कोशी प्रदेश नामाकरण भएकोमा हामी हर्षित छौँ ।
प्रदेशको नामाकरण अघि कतिपयले विकासका कुरालाई नामले नरोक्ने तर्क गरे भने कतिपयले नाम समेत राख्न नसक्नेले विकासका सपना नदेखे हुने सुझाव दिए । अन्तत कोशी प्रदेश नामाकरण भएपछि एउटा ठूलो समस्या माननीयहरूले पार लगाएको हामी मतदाताको बुझाइ छ । सङ्घीयताको अभ्यासपछि तीन तहका सरकारमध्ये सबैभन्दा बढी आलोचना हुँदै आएको र बिचको सरकारको काम नै छैन भन्ने जनगुनासो प्रतिदिन प्रदेश सरकारमाथि नै पर्दै गएको छ । प्रदेश १, मा प्रदेशको नामाकरणको विषयलाई लिएर लामो समयदेखि चलिरहेको राजनीतिले केही दललाई फाइदा पुगेको होला वा क्षति त्यसको हिसाव छुट्टै होला ।
सरकारी कार्यालयदेखि संस्थान, प्राधिकरण र विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संस्थाले प्रदेश १ मा यकिन नामका साथ कार्यालयहरू स्थापना गर्न सकेका थिएनन् । अब भने त्यो समस्या सकिएको छ । प्रदेश १ मा भएका नदीनाला वा प्राकृतिक संरचनालाई आधार मानेर प्रदेशको नामाकरण भएका कारण सबैको अपनत्व कोशी प्रदेशमा भएको बुझाइ प्रदेशवासीको छ ।
हुन त, प्रदेश १ ऐतिहासिक भूमि भएकाले ऐतिहासिकताका आधारमा प्रदेशको नामाकरणका आवश्यक थियो भन्ने जमात ठूलै छ । प्रदेशको नामाकरण अनिर्वाय र अपरिहार्य भएकाले प्रदेशको नामाकरणका लागि जुटेका प्रतिनिधिहरूले महत्वपूर्ण निर्णय गरेका छन् । अन्त्यमा कोशी प्रदेशवासी भएकोमा तपाईसहित म आँफैलाई बधाई एवम् शुभकामना छ ।