विराटनगर । विराटनगर महानगरपालिकामा प्रदेश लोकसेवा आयोगबाट सिफारिस भएर आएका कर्मचारीका लागि क्षमता अभिवृद्धि तालिम सुरु भएको छ ।
तालिमको एक समारोहबीच बुधबार महानगरकी उपमेयर शिल्पा निराला कार्कीले उद्घाटन गरिन् । तालिममा करसम्बन्धी अवधारणा, महानगरपालिकको आर्थिक ऐन २०७९, स्थानीय तह र वडा समितिको काम, कर्तव्य र अधिकार, स्थानीय तहको योजना प्रक्रियामा सम्बोधन गर्नुपर्ने बहुक्षेत्रगत विषयहरु र वडा समितिको भूमिका, वडाध्यक्ष, वडा समितिका सदस्यहरु र वडा सचिवको काम, कर्तव्य र अधिकार, वडा समितिबाट प्रदान गरिने सिफारिसहरु र सर्जमिन मुचुल्का, सम्पत्ति कर निर्धारण प्रक्रिया, सम्पत्ति कर निर्धारण प्रक्रियालगायतका विषयमा जानकारी दिइनेछ दिइनेछ ।
तालिममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेत, महानगरको राजस्व महाशाखा प्रमुख सरोज गौतम, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, सामाजिक महाशाखा प्रमुख राजेन्द्र प्रधान, इन्जिनियर भरतकुमार न्यौपाने, अर्जुन थापा, दिवस लामिछाने, अशोक साहलगायतले प्रशिक्षण दिने कार्यक्रम छ ।
तालिम आइतबारसम्म सञ्चालन हुनेछ ।
सिफारिस भएर आएका कर्मचारीलाई प्रशिक्षण दिएपछि महानगर र वडाहरुमा खटाइने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी गराए । तालिममा २२ जना पाँचौं तहका कर्मचारी सहभागी छन् ।

