विराटनगर । ६३ महिनापछि प्रदेश १ ले आफ्नो नाम पाएको छ । नामै राख्न नसकेर एक कार्यकाल गुजारेको प्रदेश १ ले अन्तत बुधबार कोशी प्रदेश नाम पाएको हो ।

केही समयदेखि निरन्तर दलहरूबीच भएको गोप्य छलफलपछि आज संसदमा नामकरणको विषयले प्रवेश पाएको थियो । भौगोलिक पहिचान तथा जातीय पहिचानमा विवाद हुँदा पहिलो प्रदेशसभा अनिर्णीत भएको थियो ।

तर दोस्रो कार्यकालको सुरुवातमै प्रदेशले नाम पाएको हो ।