विराटनगरको कपडा पसलमा आगजनी

विराटनगर । विराटनगर १५ अरुण सिनेमा हलछेउमा एउटा कपडाको पसलमा आगजनी भएको छ । आज दिउँसो सिरक र डस्नाको पसलमा आगजनी भएको हो ।

अहिले विराटनगर महानगरपालिको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगजनी नियन्त्रण लिने प्रयास जारी रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टिकाबहादुर कार्कीले जानकारी दिए । आगजनीबाट क्षतिको बिवरण आउन बाँकी रहेको उनले बताए ।

तस्बिरहरु : साना डंगोल

मङ्गलबार, १६ फागुन, २०७९, दिउँसोको ०४:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर