प्रदेश प्रमुख खापुङद्वारा दुई विधेयक प्रमाणीकरण

विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश १ प्रदेश सभा बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुनआएका दुई वटा बिधेयक सोमबार प्रमाणीकरण गरेका छन् ।

प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न जारी भएको अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको बिधेयक, २०७९ उनले प्रमाणीकरण गरेका हुन् ।

त्यस्तै, ‘केही प्रदेश ऐनलाई संशोधन गर्न जारी भएको अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको बिधेयक, २०७९’ लाई पनि नेपाल संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको उनको सचिवालयले जनाएको छ । अघिल्लो सरकारले अध्यादेशमार्फत जारी गरेको दुबै कानूनलाई नयाँ संसदले प्रतिस्थापन बिधेयकमार्फत कानूनको रुप दिएको हो ।

मङ्गलबार, १६ फागुन, २०७९, दिउँसोको ०२:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर