विराटनगर । सामाजका विभिन्न क्षेत्रमा आवद्ध भएर योगदान गर्दै आएका एक सय जनाभन्दा बढी व्यक्तिलाई तेली कल्याण समाज नेपालले सम्मान गरेको छ । समाजको मोरङ जिल्ला कार्यसमितिले विराटनगरमा एक समारोह आयोजना गरि आगामी दिनमा अझ सशक्त भएर काम गर्न प्रेरित गर्ने उद्देश्यले सम्मान गरेको हो ।
समाजले शनिबार आफ्नो समुदायभित्रका मेधावी विद्यार्थी, चिकित्सक, स्वास्थ्य, शिक्षा, शिक्षा सेवा, प्रशासन, नापी, प्रहरी, कानुन, युवा, आयुर्वेद सेवा, ईन्जिनियरिङ, वन, व्यापार, उद्योग, बैंकिङ, सेवानिवृत, तथा कार्यालय प्रमुख आदि गरि १५ विधा तथा क्षेत्रमा सफलता हासिल गरेका २४ जनालाई सम्मान गरेको थियो । त्यस क्रममा समाजलाई जग्गा प्रदान गर्ने जग्गादाता महेशकुमार साह पनि सम्मानित भए । उनलार्य दोसल्ला र कदरपत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा मोरङमा शिक्षा क्षेत्र सेवा गर्दै आएका विरेन्द्र साह ९रंगेली०, मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिपकुमार साह, नापी कार्यालयका प्रविणप्रताप साह, प्रहरी निरीक्षक कामेश्वर साह, नेरुडे लघुवित्तका डेपुटी सिईओ भागनारायण साह, लियो अन्तर्राष्ट्रियका युवा सिद्धार्थ साह, अधिवक्ता सन्जुकुमारी साह, व्यापारी नेपाल एग्रोका अनिलकुमार साह, रेडियोलोजिष्ट डा। पन्नालाल साह, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा। स्वेता साह तथा डेन्टल सर्जन डा। अमितकुमार साह, औषधि विज्ञानमा विद्यावारिधी गरेका डा। अनिलकुमार साहलाई सम्मान गरिएको थियो ।
तेली कल्याण समाज नेपालका सात वटा जिल्लाका अध्यक्षहरु, केन्द्रीय अध्यक्ष, चारै जना उपाध्यक्ष, महासचिव, सचिव तथा सदस्यहरु सहभागी कार्यक्रममा समाजका २०० बढीको उपस्थिति रहेको थियो ।
प्रदेश २ का प्रदेशसभा सदस्य भरत साहको प्रमुख आथित्यतामा भएको कार्यक्रममा विशेष अतिथिको रुपमा मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई र केन्द्रीय अध्यक्ष विश्नाथ साहको उपस्थिति रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा समाजले एसईई परीक्षा २०७८ मा उत्कृष्ट अंक ल्याई उतीर्ण हुने रतुवामाई नगरपालिका ४ का अस्मिता साह, सुनवर्षी ६ का प्रियंकाकुमारी साह, सुनवर्षी ४ का धिरज कुमार साह, विराटनगर १२ का विराट साह र सोही ठाउ“का अपेक्षा साह, विराटनगर ४ का लिना सेठ तथा सुन्दरहरैंचा १३ का अरुण साह गरि सात जना विद्यार्थीलाई नगद सहित सम्मान गरेको थियो । विद्यार्थीहरुलाई मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई र आयोजक संस्थाका अध्यक्ष डाक्टर बालकृष्ण साहले नगद, कदरपत्र तथा दोसल्ला सहित सम्मान गरे ।
समाजले कार्यक्रममा सहभागी भएका समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गरेका ८० जना भन्दा बढीलाई सम्मानस्वरुप समाजका अध्यक्ष डा। बालकृष्ण साहले मायाको चिनो प्रदान गरेको थिए । अनलाईन फर्मको माध्यमबाट संस्थाको सम्पर्कमा आएका समुदायभित्रका उत्कृष्ठ छात्रछात्रा सम्मानका लागि छनौट भएको अध्यक्ष साहले जानकारी दिए ।
संस्थाका केन्द्रीय अध्यक्ष विश्वनाथ साहलगायत अतिथिहरुले समुदायको हित र अधिकारस“गै सामाजिक प्रतिष्ठाका लागि पनि समाजमा योगदान गर्नु पर्ने बताए ।
आयोजक संस्थाका अध्यक्ष डा। साहले समाजका विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरुको पहिचान गरि उनीहरुलाई समाजमा स्थापित गर्न प्रयत्न गर्ने बताए ।



Very good program. Wishing continue the membership and request to organise such type of program in other districts. Thanks for organized grand successful program.