प्रचण्डले हातमा चक्कु राखेर फूल भन्नुभयो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा(माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हातमा चक्कु लिएर फूल लिएको अभिनय गरेको उनले टिप्पणी गरेका छन ।

घाइते तथा शहीद परिवारको सम्मानमा आइतवार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले प्रचण्डले अस्तिसम्म आफूसँग छक्याउने भाषा बोलेको आरोप ओलीले लगाए ।

जसले प्रधानमन्त्री बनायो उसैलाई गम्भीर धोका दिएको ओलीको भनाइ रहेको छ ।

‘ पुष्पकमलजीले मसँग छक्याउने भाषा बोल्नुभयो । उहाँलाई मैले नचिनेको होइन, हातमा चक्कु लिएर बस्नु भएको थियो, फूल लिएको भन्नुभयो । चक्कुजस्तो देखिएको होला, तर यो फूल हो भन्नुभयो,’ ओलीले भने ।

फाल्गुन १४, २०७९, दिउँसोको ०४:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर