विराटनगर । नेपाल र भारतको सीमा क्षेत्र विराटनगर – १६ दरैया बस्तीमा तरबार प्रहार गरी एक जना व्यापारी गम्भीर घाइते भएका छन् ।
तस्करको समूह भारतको टिकुली बस्ती घर भएका रामु मण्डल र उनका छोरा अक्षय मण्डलले तरबार प्रहार गरी स्थानीय व्यापारी अंकित भगतलाई गम्भीर घाइते बनाएका हुन् ।

पुरानो रिसिइबिलाई लिएर अक्षय र रामुले तरबार प्रहार गरेर भगतलाई गम्भीर घाइते बनाएको हाे । तरबार प्रहार गरी भगतको घाँटीमा गम्भीर चोट लागेको छ । उनको उपचार नोबेल मेडिकल कलेजमा भइरहेको छ । घाइते भएका भगतको भारतको टिकुलिया बस्तीमा किराना पसल रहेको छ ।

तरबार प्रहार गरेका बाबु छोरा पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले बुधवार मोरङ प्रहरीमा ज्यान मार्ने उद्योगमा म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।