काठमाडौं । राष्ट्रपतिको विषयमा छलफल गर्न नेपाली कांग्रेसका नेताहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापासहित नेताहरू बालुवाटार पुगेका हुन्।
यसअघि प्रचण्डले माओवादीका नेताहरूसँग आन्तरिक छलफल गरेका थिए। बैठकमा माओवादीबाट नारायणकाजी श्रेष्ठ र शक्ति बस्नेत पनि सहभागी छन्।
बुधबार दिउँसो राष्ट्रपतिको विषयमा छलफल गर्न माधव नेपाल देउवा निवास पुगेका थिए। नेपाल पार्टीका नेताहरूसहित धुम्बाराही पुगेका थिए। भेटमा पौडेलसमेत सहभागी थिए।

