काठमाडौं । गण्डक नहरमा डुबेका तीन जनाको मृत्यु भएको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका२ हरकपुरस्थित गण्डक नहरमा हाम फालेको आशंका गरिएका आमा सहित दुई छोरा मृत भेटीएका छन ।

स्थानीय तीर्थराम थारुकी २९ वर्षीया श्रीमती प्रतिमा थारु र छोराहरू ९ वर्षीय कृष र ७ वर्षीय सुमितको शव भेटिएको हो ।

उनीहरू नहरमा हाम फालेको आशंका गरिए पनि पुष्टि भने भएको छैन । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेका अनुसार कुर्ता सलले दुई छोरालाई कम्मरमा बाँधेको अवस्थामा शव फेला परेको छ ।