विराटनगर । चौथो संस्करणको मिसेस कोशीको ताज पहिरिन १७ जना प्रतियोगी फाइनल प्रतिस्पर्धामा उत्रिने भएका छन् । मिसेस कोशी २०२२ प्रतियोगितामा २१ जना प्रतियोगिहरुबाट १७ जना फाइनलको लागि छनौट गरिएको हो ।

प्रारम्भिक चरणको प्रतिस्पर्धामा ४ जना प्रतियोगीहरु बाहिरिएका छन् । फाइनलमा १७ जनाले प्रतिस्पर्धा गर्ने जय मिडिया मेनेजमेन्ट प्रालिका सिइओ निशा खतिवडाले जानकारी दिइन् ।

फाइलनमा पुग्नेहरुमा विराटनगरकी ज्योती शाही श्रेष्ठ, आस्मा देव राठी, सकुन्तला राजवंशी, जानुका राजवंशी, सम्झना कार्की थापा, कविता अधिकारी, शिखा श्रेष्ठ, रन्जु सुब्बा र विराटनगरकै नितु देव रहेकी छिन् । धरानबाट रीता राई, शान्ति धिमाल र ललिता राई रहेका छिन् । त्यसैगरी इटहरीबाट प्रतिक्षा पाण्डे, कटहरीबाट सुजिता सरदार, कर्सियाबाट गीता राजवंशी, काँकरभिट्टाबाट शिखा लिम्बु र पोखराबाट ममता खड्का (उर्मिला) फाइनलको प्रतिस्पर्धामा छिन् । प्रतियोगिताको फाइनल फागुनकोे दोस्रो हप्तामा विराटनगरमै हुने जय मिडिया मेनेजमेन्ट प्रालिका अध्यक्ष जयराज रायले बताए ।