विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानले अवलम्बन गरेको प्रणालीलाई थप सुदृढ गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु सबैको साझा दायित्व भएको बताएका छन् ।
७३ औं प्रजातन्त्र दिवसको अवसरमा प्रदेश सरकारले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले संविधानले निर्दिष्ट गरे बमोजिम संघ, प्रदेश र स्थानीय तहबीको अन्तरसम्बन्धलाई थप सुदृढ बनाउदै नेपाली जनताका अपेक्षाहरुलाई पुरा गर्न यस ऐतिहासिक दिनले प्रेरणा दिने विश्वास व्यक्त गरे ।
नेपालको संघीय शासन प्रणाली मौलिक र बिल्कुलै नयाँ रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले संविधान बमोजिम स्थापित प्रदेश संरचनालाई सुदृढ र जनचाहना बमोजिम अघि बढाउने सन्दर्भमा सबै राजनितिक दल, सरोकारवाला सबैको सहयोगको अपेक्षा रहेको बताए । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको उल्लेख गर्दै उनले आजको दिन नेपालको इतिहासमा गौरवपूणर् र अविस्मरणीय रहेको बताएका छन् ।
मुख्यमन्त्रीको सम्बोधनमा भनेका छन्,
‘७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसको सुखद् अवसरमा १ नं। प्रदेशमा रहनुभएका सम्पूणर् नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । प्रजातन्त्र स्थापनाका लागि भएको अनेकौं संघर्षमा अफ्नो अमुल्य जीवन उत्सर्ग गर्ने सम्पुणर् सहिदहरुप्रति भावपूणर् श्रद्धाञ्जली अर्पण गर्दै सहिद परिवार, आन्दोलनमा भाग लिने क्रममा बेपत्ता, घाइते एवं अङ्गभङ्ग हुनुभएका व्यक्तित्वहरुप्रति सम्मान प्रकट गर्दछु ।
विक्तम संवत् २००७ सालको क्तान्ति सफल भएर १०४ बर्ष लामो निरङ्कुस राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा रहेक बर्ष फगुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ । राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनताकमा निहित हुनुपर्दछ भन्ने मान्यतालाई जनताको संघर्ष तथा वीर वीराङ्गना सहिदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूणर् र अविस्मरणीय छ । प्रजातन्त्र कै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।
प्रजातन्त्र स्थापनाका लागि भएका संघर्षको मार्गदर्शनस्वरुप नेपालको वर्तमान संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ । संविधानले अवलम्बन गरेको प्रणालीलाई थप सुदृढ गर्दै सामाजिक न्याय सहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु हामी सबैको साझा दायित्व हुन आएको छ । संविधानले निर्दिष्ट गरे बमोजिम संघ, प्रदेश र स्थानीय तह बिचको अन्तर सम्बन्धलाई थप सुदृढ बनाउदै नेपाली जनताका अपेक्षाहरुलाई पुरा गर्न आजको यस ऐतिहासिक दिनले प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएको छु। नेपालको संघीय शासन प्रणाली मौलिक र बिल्कुलै नयाँ छ। संविधान बमोजिम स्थापित प्रदेश संरचनालाई सुदृढ र जनचाहना बमोजिम अघि बढाउने सन्दर्भमा सबै राजनितिक दल, सरोकारवाला सम्पुणर्को सहयोग प्राप्त हुने अपेक्षा गर्दछु ।
अन्तमा, नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वभिमान र लोकतन्त्रका लागि भएको बिभिन्न आन्दोलनहरुमा योगदान गर्नुहुने सबैप्रति सम्मान व्यक्त गर्दै राष्ट्रिय प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय संकल्प हासिल गर्न सबैमा प्रेरण प्रदान गरोस् भन्ने कामना गर्दछु ।’

