काठमाडौं । प्रतिनिधि सभा सदस्य अरुण चौधरी आज रिहा हुँदैछन् ।
उनी कैलाली कारागारमाा थिए । कैलाली २ बाट निर्वाचिनचौधरीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा कैद सजाय माफी गरेपछि उनीस् रिहा भएका हुन ।
२०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीन जनाविरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।
छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो ।

