कलाकार पवन खतिवडा ‘म्याकुरी’ पक्राउ

विराटनगर । कलाकार पवन खतिवडा ‘म्याकुरी’ लाई इलका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।

बेलबारी ४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोपमा इप्रका बेलबारीले कलाकार खतिवडा र रमेश भण्डारीलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई प्रहरीले मंगलबार राती नियन्त्रणमा लिएको हो ।

कलाकार खतिवडासहित २ जनालाई मादक पदार्थ पिएर झगडा गरेको आरोप छ । मंगलबार राति बेलबारी नगरपालिका १ स्थि होटलमा मादक पदार्थ पिएका खतिवडाले मादक पदार्थले मातेर झगडा गरेका थिए ।

होटलबाट बाहिर निस्किएर झगडा गरिरहेको खबर स्थानीयले प्रहरीलाई गरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टिका बहादुर कार्कीले बताए । पीडित पक्ष इलाकामा आएर अहिलेसम्म जाहेरी भनेको दिएको छैन ।

‘छलफलको लागि दुवै पक्ष आउने भनेका छन्,’ उनले भने, ‘पीडितले जाहेरी दिए प्रहरीले कारवाहीको प्रक्रिया अगाडी बढाउनेछ ।’ पीडित पक्षका आफन्तहरु प्रहरी कार्यालय आउँदै गरेको र मिलापत्र भएको अवस्थामा मात्रै उनलाई छाडिने  उनले  बताए ।

बुधबार, ०३ फागुन, २०७९, दिउँसोको ०३:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर