विराटनगर । मोरङ रतुवामाईका एमाले युवा नेताहरु जनयुद्ध दिवसको अवसर पारेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

नेकपा एमालेको नगर कमिटी सदस्यहरु रुपेश कोइराला, हरेराम पण्डितलगायतका नेताहरु एमाले परित्याग गरि सोमबार माओवादी केन्द्रमा सामेल भएका हुन्।

उनीहरुलाई माओवादी नगर इन्चार्ज सुमन कालिकोटे, प्रदेश सदस्य पुष्प कार्की, नगर अध्यक्ष प्रकास शाह, सचिब प्रदिप नेपाली, प्रेस सेन्टर प्रदेश अध्यक्ष विनोद घिमिरेलगायतका नेताले स्वागत गरेका थिए। उनीहरुले माओवादी नै जनताको वास्तविक पार्टी भएको र यो दलले मात्र जनतालाई अधिकार सम्पन्न बनाउन सक्ने देखेकोले एमाले छाडेको बताएका थिए ।