झापा । नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईले धर्म,संस्कृति र नागरिक बचाऊ महाअभियानु सुरु गरेका छन्।
प्रसाईले सुरु गरेको अभियान झापाको काकडभिट्टाको मेचीपुलबाट सुरु भएको छ । उनले अभियानलाई महाकालीसम्म पुर्याउने बताएका छन्।
अभियानको सुरुवात पूर्वराजा ज्ञानेन्द्र शाहबाट गराएका छन । प्रसाईले पूर्वराजा शाह, युवराज पारस शाह र उनको परिवारका सदस्यहरूलाई एकै मञ्चमा राखेर अभियान सुरु गरेका हुन ।
मेची पुलमा पूर्वराजा शाहले दीप प्रज्वलन गरेर सोमबार महाअभियानको उद्घाटन गरेका छन ।
प्रसाईले यो अभियानका क्रममा संघीयता खारेजी, वैदिक सनातन राज्य घोषणा र व्यावसायिक वातावरणको माग गरेका छन्।
प्रसाईंले यो महाभियान मेची पुलबाट महाकाली हुँदै काठमाडौंमा पुर्याएर टुंग्याउने बताएका छन । उनी एमाले केन्द्रीय सदस्य तथा उद्योग विभागका उपप्रमुख पनि हुन्।

