विराटनगर । नेपाल पूर्वप्रहरी संगठन परिवार विराटनगरको अध्यक्षमा पूर्वडिएसपी कविन्द्रकुमार कार्की चयन भएका छन् । विराटनगरमा शनिबार भएको प्रथम नगर साधरणसभाबाट कार्की सर्वसम्मत चयन भएका हुन् ।
उपाध्यक्षमा पूर्व प्रहरी निरीक्षक मोहन रायमाझी, सचिबमा पूर्व प्रहरी निरीक्षक राधेश्याम घिमिरे र कोषाध्यक्षमा प्रर्वप्रहरी सम्पन्नलाल चौधरी रहेका छन् ।समितिको सदस्यहरुमा यादव खड्का, पेशल भट्टराई, प्रकाश गुप्ता, टिका ठकुरी, छवि अधिकारी, सुर्यनारयण मण्डल, राजेन्द्र यादव, सुर्य बहादुर नेपाली, संगीता बोगटी र पदम श्रेष्ठ रहेका छन् । कार्यक्रममको प्रमुख अतिथि पूर्वडिआइजी भक्तिनाथ माझी र विशेष अतिथि मोरङ प्रहरी प्रमुख एसपी दिपक पोखरेल रहेका थिए ।
कार्यक्रममा बोल्दै पूर्वडिआइजी माझीले देशमा पूर्वप्रहरीहरुको संगठन हुँदाहुँदै संगठनका वर्तमान केन्द्रीय अध्यक्ष वसन्त कुँवरले आफू सधै पदमा रहिरहने निकृष्ठ अभिप्रायले आफू अनुकुलको गैरसंवैधानिक केन्द्रीकृत विधान बनाएको आरोप लगाए । उनले प्रदेशभरि १४ जिल्लाको पूर्वप्रहरीको महाभेलाले संगठनमा तत्काल केन्द्रिय उपाध्यक्ष एआइजी कल्याणकुमार तिमिल्सिनाको संयोजनमा गठन भएको १ नं. प्रदेश कमिटिलाई आफुअनुकुल नभएको भन्दै मान्यता नदिई आफू अनुकुल व्यक्तिलाई मनोनित गरेको बताए ।
कार्यक्रममा मोरङ प्रहरी प्रमुख एसपी दिपक पोखरेल र विराटनगर ४ का वडाअध्यक्ष जितन थापाले बोलेका थिए । नेपाल पूर्वप्रहरी संगठन परिवार विराटनगरले आफ्नै भवन बनाउँदैछ । विराटनगर महानगरपालिकाले विराटनगर ४ मा जग्गा दिएपछि पूर्वप्रहरीहरुले दुई तलाको भवन निर्माण गरिरहेको संगठनका सल्लाहकार रामकुमार श्रेष्ठले बताए ।

