उद्योग वाणिज्य संघ बेलबारीको साधारणसभा १० वर्ष पछि वैशाखमा हुने

बेलबारी । उद्योग वाणिज्य संघ बेलबारीको साधारणसभा १० वर्ष पछि हुने भएको छ ।

बुधवार बसेको बैठक बसेर २०८० वैशाख २३ गते संघको साधारण सभा गर्ने निर्णय गरेको संघका महासचिव विवेक मिश्रले बताए । बेलबारी ३ का वडा अध्यक्ष समेत रहेका योगेन्द्र प्रसाद सुवेदी अध्यक्ष छन । सुवेदी दोस्रो कार्यकालमा पनि वडा अध्यक्षमा निर्वाचित भएका हुन ।

बेलबारी व्यापार प्रबन्ध समिति बाट २०७६ चैत्रमा उद्योग वाणिज्य संघ बेलबारीमा रूपान्तरण भएको थियो । व्यापार प्रबन्ध समिति हुँदा साधारणसभा भएको थियो भने त्यसपछि साधारण सभा भएको छैन । लामो समय सम्म साधारण सभा नभएको संस्था भनेर विरोध हुने गरेको थियो ।

५ सयको हाराहारीमा व्यवसायीहरू संघमा आबद्ध रहेको महासचिव मिश्रले बताए ।

बुधबार, २५ माघ, २०७९, साँझको ०६:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page