काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल आज विश्वासको मत लिदैंछन ।११ बजे बस्ने प्रदेशशभाको बैठकमा उनले विश्वासको मत लिने गरी प्रदेशशभा सचिवालयले कार्यसुचि सार्वजनिक गरीसकेको छ ।
गत माघ ११ का लागि बोलाइएको बैठकमा विश्वासको मत लिने बताइएपनि वातावरण नबनेको भन्दै बैठक स्थगन गरीएको थियो ।
नागरिक उन्मुक्तिले आफ्नो माग सम्बोधन नभएको भन्दै मुख्यमन्त्री रावललाई विश्वास मत नदिने निर्णय गरेको अध्यक्ष रञ्जिता श्रेष्ठले बताएकी छिन्।
गत पुस २७ गते नियुक्त सुदूरपश्चिमका मुख्यमन्त्री रावलले बुधवार प्रदेश सभाबाट विश्वासको मत लिने कार्यक्रम छ। नागरिक उन्मुक्तिले विश्वासको मत नदिने निर्णय गर्दा रावल नेतृत्वको सरकार एक महिना नपुग्दै ढल्ने अनुमान गर्न थालिएको छ ।
२७ पुसमा माओवादी केन्द्रका ११, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सहित २९ सांसदको समर्थनमा एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावल मुख्यमन्त्री बनेका थिए।
सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीको अडानले मुख्यमन्त्री रावलले एक महिना पुग्नै लाग्दा पनि न विश्वासको मत लिन सकेका छन् न मन्त्रिमण्डल विस्तार नै गर्न सकेका छन्।
आफ्ना सांसदहरूलाई भने धनगढी नछाड्न एमाले लगायत सत्तारुढ दलहरूले सर्कुलर जारी गरिसकेका छन्।

