विराटनगर । सरकारबाट बाहिरिने पार्टीको निर्णयपछि राष्ट्रिय स्वतन्त्र पार्टीका तीन मन्त्रीले राजीनामा दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका हुन् ।
नागरिकता अबैध ठहर भएसँगै संसद र गृहमन्त्रीबाट अपदस्त भएका पार्टीका सभापति रवि लामिछानेले पुनः गृहमन्त्री बन्न प्रयास गरेका थिए । तर, प्रधानमन्त्रीले राहदानीको विषय छानविनमै रहेको भन्दै उनलाई गृहमन्त्री बनाउन अश्वीकार गरेपछि पार्टी सरकारबाट बाहिरिएको हो ।

