काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य गर्ने जनाएको छ ।

राष्ट्रपतिको लागि सकेसम्म सहमतिको प्रयत्न गर्ने र सहमति हुन नसके विचार, दृष्टिकोण, उद्देश्य लक्ष्य मिल्नेसँग मिलेर अघि बढ्ने नेता देवेन्द्र पौडेलले बताए ।

शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई सबैले समर्थन गरी विश्वासको मत दिएकाले सबै पार्टीहरुसँग छलफल गर्ने गरी कुराकानी भएको नेता देवेन्द्र पौडेलले बताए ।

नेता पौडेलले आजको बैठकमा गृहमन्त्रीको बारेमा भने कुनै छलफल नभएको बताए । ‘अदालतको फैसलाका लागि प्रधानमन्त्रीले समय माग्नुभएको हो, प्रधानमन्त्रीले बितिसकेको समय पछि उहाँहरु के भनेर आउनुहुन्छ, त्यसअनुसार हुन्छ,’ नेता पौडेलले भने ।