साना उद्यमीलाई इ–कमर्शबारे तालिम

विराटनगर । सानो लगानीमा आफ्नो उद्यम चलाइरहेका उद्यमीहरुलाई इ–कमर्शका माध्यमबाट आफ्नो व्यवसाय प्रवद्र्धन गर्ने शीपबारे तालिम प्रदान गरिएको छ ।

स्वीस सरकार विकास सहयोग (एसडीसी) र संयुक्त राष्ट्रसंघ पूँजी विकास कोष (यूएनसीडीएफ)को आर्थिक सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को आयोजनामा नवउद्यमीहरुलाई डिजिटल प्लेटफर्मको प्रयोगबारे तालिम मार्फत तालिम दिइएको हो ।

महासंघका अध्यक्ष टिकाराज ढकालले साना उद्यमीहरुले बर्षौं देखि चलाइरहेका उद्यमबाट उत्पादित वस्तु तथा सेवालाई नयाँ उपभोक्ताहरु माझ पु¥याउनका लागि तालिम प्रभावकारी रहेको बताए । उनले उत्पादनको परम्परागत रुपमा गरिने बजारिकरणलाई प्रविधि र ज्ञानको प्रयोग गरेर अझ धेरै उपभोक्ता कहाँ पु¥याउन तालिम निकै उपयोगी बन्ने विश्वास व्यक्त गरे । तालिममा सिकेका कुरालाई आफ्नो उद्यमलाई अघि बढाउने गरी प्रयोग गर्न पनि अध्यक्ष ढकालले सहभागीहरुलाई आग्रह गरे ।

संयुक्त राष्ट्रसंघ पूँजी विकास कोषका सरोज नेपालले ग्रामीण क्षेत्रमा पनि मोबाइल लगायतका डिजिटल टेक्नोलोजीहरुको प्रयोग बढेका कारण नेपालमा इकमर्शको क्षेत्र बढेको बताए । तालिमबाट साना उद्यमीहरुलाई पनि इकमर्शमा प्रवेश गर्न र उत्पादनको प्रवद्र्धन र बजारिकरणमा अघि बढ्न हौसला मिल्ने बताए ।

इकमर्शको क्षेत्र बढेका कारण नेपालमा यसका लागि नीतिहरु पनि बन्दै गएकोले अब हरेक व्यवसायमा यसको प्रभावकारिता हुने नेपालले जानकारी दिए । उनले दुरदराजमा इन्टरनेटको पहुँच बढ्दै गएकोले साना तथा लघु उद्यमीहरुले इन्टरनेट र आफूले चलाइरहेको मोबाइललगायतका डिजिटल उपकरणहरुको माध्यमबाट उत्पादन प्रवद्र्धन गर्न सक्ने बताए । त्यसैका लागि यस्तो तालिमलाई अघि बढाउन सहयोग गरिएको पनि जानकारी दिए । नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय कार्यालयका सहायक निर्देशक हरि पौडेलले उद्यमी व्यवसायीबीच एक अर्काको व्यवसायबारे जानकारी प्राप्त अवसरका रुपमा पनि तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

नेपालमा मोबाइल, आइप्याड, ल्यापटप र अन्य प्रकारका कम्प्युटरजन्य विद्युतीय उपकरणको प्रयोग बढेका कारण इकमर्शको अभ्यास पनि बढ्दै गएको तालिमकी प्रशिक्षक रिया श्रेष्ठले बताए । उनले यस्ता उपकरणहरुलाई मनोरञ्जनात्मक सामग्री हेर्ने माध्यमका रुपमा बढी प्रयोग गर्नुभन्दा उद्यमीहरुले आफ्ना उत्पादनको प्रवद्र्धनमा बढी प्रयोग गर्न सक्नुपर्ने सुझाव दिए । तालिममा मोरङ सहित अन्य जिल्लाका साना तथा लघु र महिला उद्यमीहरु गरी करीव ६० जनाको उपस्थिति रहेको छ ।

मङ्गलबार, १७ माघ, २०७९, साँझको ०६:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर