काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक सल्लाहकारमा नेकपा माओवादी केन्द्रका उपवमहासचिव हरिबोल गजुरेल नियुक्त हुने भएका छन्।

गजुरेललाई प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार राजनीतिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेका हुन्। गजुरेल माओवादी पार्टीका पुराना नेता हुन्।