नेपाली कांग्रेस प्रदेश १ को प्रमुख सचेतकमा भूपेन्द्र राई चयन

विराटनगर । नेपाली कांग्रेसको प्रदेश १ को प्रमुख सचेतकमा भूपेन्द्र राई चयन भएका छन्। खोटाङ प्रदेशसभा १(ख) बाट राई निर्वाचित भएका थिए ।

नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को दफा ११ को उपदफा १ बमोजिम राईलाई सचेतक चयन गरेको नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको कार्यलयको पत्रमा उल्लेख छ।

कांग्रेस प्रदेश १ का महामन्त्री समेत हुन्। प्रदेश १ मा कांग्रेसका २९ सांसद छन्।

सोमबार, ०९ माघ, २०७९, दिउँसोको ०१:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर