काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुखको आज उम्मेदवारी दर्ता हुनेछ । आज दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ भने आजै सवा चार बजे उम्मेदवारको सूची प्रकाशित गरिनेछ । माघ ७ शनिबार १ बजे बस्ने प्रतिनिधि सभामा उम्मेदवारको प्रस्तावमाथि छलफल निणार्यथ प्रस्तुत गर्ने कार्यक्रम छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमलाई उपसभामुख बनाउने सत्ता गठबन्धनको तयारी छ । सत्ता साझेदार दलबाट सभामुखमा एमालेका देवराज घिमिरे भएपछि उपसभामुखमा रास्वपाकी गौतमलाई बनाउने तयारी गरिएको हो ।

नेपाली कांग्रेसले पनि उपसभामुखमा उम्मेदवार उठाउने निर्णय गरेको छ । यसबारे पार्टीले आज थप निर्णय लिने बताइएको छ ।