जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। उनले सर्वसम्मतले विश्वासको मत पाएका हुन्। मतदानमा सहभागी सबै प्रदेशसभा सदस्यहरुले उनलमई विश्वासको मत दिएका छन । मुख्यमन्त्री यादवलाई प्रदेशसभामा प्रतिनिधित्व गर्ने १० वटै दल र स्वतन्त्र प्रदेशसभा सदस्यहरुले विश्वासको मत दिएका थिए ।
मुख्यमन्त्री यादवलाई जसपाका १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, लोसपाका ९, नेकपा माओवादी केन्द्रका ७, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एक÷एक तथा २ स्वतन्त्र प्रदेशसभा सदस्यहरुले विश्वासको मत दिएका छन्।
नेपाली कांग्रेसले पनि मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएको छ। कांग्रेसका २२ जना सदस्यहरुले समेत मुख्यमन्त्री यादवलाई विश्वासको मत दिए।
यस्तै, नेकपा एकीकृत समाजवादीका ७ जना प्रदेशसभा सदस्यले पनि विश्वासको मत दिएका छन्। काग्रेस र एकीकृत समाजावदीले प्रतिपक्षमा बस्ने गरी विश्वासको मत दिएका हुन ।
प्रदेशसभामा हाल १०५ सांसद छन्। माओवादीका २ प्रदेशसभा सदस्यको शपथ विवादका कारण रोकिएको छ। गत पुस २७ गते ६३ प्रदेशसभा सदस्यहरुको समर्थनमा यादव मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

