संखुवासभा । संखुवासभामा अवैध रुपमा सञ्चालन गरिएकाक्रसर उद्योग बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय संखुवासभाले नियम विपरीत सञ्चालनमा रहेका दुई वटा क्रसर उद्योगहरु बन्द गराएको हो । गृहमन्त्रालयले मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो ।
नियम विपरीत सञ्चालनमा रहेका खाँदबारी नगरपालिका –९ स्थित तुम्लिङटार र चैनपुर नगरपालिका –१० खहरेमा राखिएका दुई क्रसर उद्योगहरु बन्द गरिएको संखुवासभाका साहयक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए । गृहमन्त्रालयको परिपत्रको पालना गर्दे नियमविपरीत सञ्चालनमा रहेका क्रसर उद्योगहरु पुष २२ गते बाट गरिएको साहयक प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । जिल्लामा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन बिक्री, तथा व्यवस्थापन मापदण्ड २०७७ विपरीत क्रसर उद्योग सञ्चालन हुँदै आएका थिए ।
दुई वटै क्रसर उद्योग सडक आयोजनाका लागि स्थापना भएका छन् । विकास निर्माणका ठूलो आयोजनाहरु संचालन गर्नका लागि निश्चित अवधीको लागि मात्रै क्रसर उद्योग जिल्लामा संचालन गर्न पाउने नियम छ । वन तथा वातावरण ऐन अन्तर्गत सामुदायिक बन क्षेत्र भित्र वातावरणलाई प्रभाव पार्ने गरी क्रसर उद्योग संचालन गर्न नपाइने नियम छ ।

