विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिकमतकुमार कार्कीले तिन दिन भित्रमा मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारी दिने बताएका छन् ।

मुख्यमन्त्रीको कार्यालयमा केही पत्रकारहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री कार्कीले मन्त्रीहरूका लागि होटेलमा धेरै खर्च गरेर नराखेको दाबी गर्दै अब तिन दिनभित्रमा मन्त्रीहरूलाई नयाँ मन्त्रालय दिने बताएका छन् । कार्की नेतृत्वको प्रदेश १ सरकार बनेको झन्डै दुई साता बित्न आटेको छ ।

उनी पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले दुई चरणमा ७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । पहिलो चरणमा एमाले र राप्रपा र जसपालाई समेटेर मन्त्रीमण्डल विस्तार गरेका थिए भने दोस्रो चरणमा पुस २९ गते तिन जनालाई मन्त्रीमण्डलमा समावेश गरेका थिए ।

६ जनानै विना विभागीय मन्त्री बनाएका छन् । एमालेका तिलकुमार मेन्याङ्बो, बुद्धिकुमार राजभण्डारी ,राप्रपाका भक्तिप्रसाद सिटौला जसपा कि निर्मला लिम्बू माओवादीका दुर्गाप्रसाद चापागाईँ, जीवन आचार्यलाई मन्त्री बनाएका थिए । उनले ६ जनालाई नै विना विभागीय मन्त्री बनाएका थिए ।

विना विभागीय बनाएपछि मुख्यमन्त्री कार्यालयमा मन्त्रीहरूको भिड लाग्ने गरेको तथा मन्त्रीहरूलाई विग होटेलमा राखेको भनेर विरोध भइरहेका बेला मुख्यमन्त्री कार्कीले  तिन दिन भित्रमा मन्त्रीहरूलाई जिम्मेवारी दिने बताएका हुन ।