काठमाडौं । कास्कीमा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेकामध्ये अस्पताल पुर्याइएका सबै ३६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका प्रवक्ता डा. नारायण श्रेष्ठले हालसम्म ३६ जनालाई अस्पताल ल्याइपुर्याइएको र सबै जनाको मृत्यु भएको जानकारी दिए ।
अस्पताल ल्याइएकामध्ये कोही पनि जिवित नरहेको उनले बताए । अहिले उद्धार गरिएकाहरुलाई अस्पताल ल्याउने क्रम जारी रहेको छ । विमानमा चालक दलका ४ सहित ७२ जना सवार थिए ।

