काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज आइतबार बिहान पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको छ।
काठमाडौं विमानस्थलबाट बिहान १०ः३३ बजे उडेको जहाजमा ४ चालक दलका सदस्य र ६८ यात्रु थिए। जहाज पाइलट कमल केसीले उडाएका थिए।
कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार खोंचमा खसेको जहाजबाट ३५ जनाको शव निकालिएको छ । जहाजको लगभग ८० प्रतिशत जलेकाले कोही जिवित भेटिने सम्भावना नरहेको उनले बताएका छन् ।
काठमाडौंबाट पोखरा गएको यो विमान अवतरणको क्रममा विमानस्थल नजिकैको सेतीको खोचमा दुर्घटना भएको हो। विमान दुर्घटनामा पाँच भारतीयसहित १५ विदेशी नागरिक परेको खुलेको छ । साथै ५३ नेपाली यात्रु रहेको पुष्टि भएको छ ।

