१ नम्बर प्रदेश सभाको उपसभामुखको निर्वाचन आज

विराटनगर । १ नम्बर प्रदेश सभाको उपसभामुखको निर्वाचन शनिवार हुँदैछ ।

प्रदेश सभाको उपसभामुखका लागि नेपाली कांग्रेसका तर्फबाट लिलाकुमारी राई र नेकपा एमालेकी सिर्जना दुनुवारको उम्मेवारी रहेको प्रदेश सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

प्रदेश सभाको शनिवार बिहान ११ बजे बस्ने वैठकले मतदान प्रकियाद्वारा उपसभामुखको चयन गर्नेछ । प्रदेश सभामा एमालेका ४०, कांग्रेसको २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सदस्य गरी ९३ सदस्य रहेका छन् ।

शनिबार, ३० पुष, २०७९, बिहानको १०:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर