विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुस आज विश्वासको मत लिदै छन । शुक्रवार दिउसो १ बजे बस्ने प्रदेशशभाको बैठकमा उनले विश्वासको मत लिएका हुन । उनी पुष २४ गतेृ मुख्यमन्त्रीमा नियक्त भएका थिए ।
नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त कार्कीले संविधानको धारा १६८ (४) बमोजिम नियुक्त भएको १ महिनाभित्र विश्वासको मत लिनुपर्छ ।
।
नेकपा एमाले संसदीय दलका नेता कार्की एमालेसहित माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका थिए । ९३ सदस्यीय प्रदेशसभामा एमालेको ४०, माओवादीको १३, राप्रपाको ६ र जसपाको १ सहित कार्कीलाई समर्थन गर्नेको संख्या ६० छ ।प्रतिपक्षी बेन्चमा ३३ सांसद छन । काग्रेसका ३३ र एकीकृत समाजावदीका ४ सांसद रहेका छन ।

