धनगढी । सुदूरपश्चिम प्रदेशको सभामुखमा नेकपा (माओवादी केन्द्र)का भीम भण्डारी निर्वाचित भएका छन् ।
सुदूरपश्चिम प्रदेशसभाको सभामुखका लागि सत्तारुढ गठबन्धनबाट माओवादीका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावलले मनोनयन दर्ता गराएका थिए ।
मतदानमा भण्डारीले २७ र कांग्रेसका रावलले २३ मत प्रप्त गरेका थिए । तीनजना प्रदेशसभा सदस्य मतदानमा सहभागी भएनन् ।

