विराटनगर । १ नम्बर प्रदेशको सभामुख नेकपा माओवादी केन्द्रका सांसद बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन् ।
बिहीवार बसेको प्रदेशसभा बैठकले गौतम निर्वाचित भएको घोषणा गरेको हो । ज्येष्ठ सदस्य गयानन्द मण्डलले गौतमलाई निर्विरोध निर्वाचित भएको घोषणा गरे ।
माओवादी उम्मेदवार गौतमलाई सत्तापक्ष र प्रतिपक्षी दलको पनि समर्थन थियो । माओवादी केन्द्रका केन्द्रीय सदस्य गौतम ओखलढुंगाको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (२) बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।
सभामुख गौतमले निर्वाचित भएपछि प्रदेश प्रमुख पर्शुराम खापुङसँग पद तथा गोपनियताको सपथ लिएका थिए । त्यसपछि प्रदेशसभा सचिबालय पुगेर उनले पदबहाली गरे ।

