सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त भएका छन् ।
बुधबार माओवादी,नेकपा एमाले, राप्रपा र समाजवादीका २५ सांसदको समर्थनमा शर्माले प्रदेश प्रमुख तिलक परियालसामु मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।
प्रदेश प्रमुख परियारले प्रदेशको तेस्रो मुख्यमन्त्रीमा शर्मालाई नियुक्त गरेका हुन् । आजै नेकपा माओवादी र नेकपा एमालेबीच आलोपालो वर्ष सरकारको नेतृत्व आलोपालो गर्ने सहमति गरेर एमालेले माओवादीलाई समर्थन गरेको थियो ।
शर्माले माओवादीका १३, एमालेका १०, राप्रपाका १, समाजवादीको १ गरी २५ सांसदको समर्थन पाएका छन् । माओवादीको पोलिटब्युरो सदस्यसमेत रहेका शर्मा रुकुम पश्चिम २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।

