विराटनगर । प्रदेश १ सभाको सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतमको एकल उम्मेदवारी परेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उम्मेदवारी नदिएपछि उनको एकल उम्मेदवारी भएको हो । गौतमलाई एकीकृत समाजवादीले पनि समर्थन गरेको थियो ।
ओखलढुंगा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद बाबुराम गौतमको प्रस्तावकमा एमालेका रेवती रमण भण्डारी छन् भने समर्थकमा एकीकृत समाजवादीका कमल जवेगु माओवादी केन्द्रका नारायण बुर्जा मगर राप्रपाका गोपाल बहादुर विश्वकर्मा छन ।
प्रदेश १ सरकारको मुख्यमन्त्री एमाले र सभामुख माओवादीले पाउने गरी यसअघि नै केन्द्रमा सहमति भइसकेको छ । काँग्रेसले उपसभामुख दिन एमालेसँग माग गरेको छ । मुख्यमन्त्री समेत रहेका एमाले संसदीय दलका नेता हिकमत कार्कीलाई भेटेर उपसभामुख काँग्रेसलाई दिन आग्रह गरेका थिए । । कार्कीले भने पाटी भित्र सल्ला गरेर निर्णय गर्ने बताएका काँग्रेसका एक सांसदले बताए ।
अहिलेकै अवस्था कायम रहिरहे गौतमले ६४ मत प्राप्त गर्नेछन् । एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ५ र जसपाका १ र नेकपा एसका ४ गरी ६४ सांसदको समर्थन प्राप्त हुनेछ ।
९३ जना सांसद रहेको प्रदेश सभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छन् । मनोनयनको समय सम्ममा एक जनाको मात्रै उम्मेदवारी परेको संसद् सचिवालयका सचिव गोपाल पराजुलिले बताए ।
मनोनयनको समय ५ बजेसम्म तोकिएको थियो । पुस सभामुखको निर्वाचन भने २८ गते हुनेछ ।

