विराटनगर । नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश १ को संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन्। मगलवार बसेको बैठकले नेतामा राजेन्द्र राईलाई चयन गरेको हो हो ।

प्रदेश नं १ मा सरकारलाई समर्थन गर्ने नगर्ने भन्ने निर्णय भने नेकपा एसले गरेको गरेको छैन । मुख्यमन्त्री हिकमत कार्की नेतृत्वको सरकारले गरेका काम हेरेर मात्रै समर्थन गर्ने या नगर्ने भन्ने निष्कर्षमा पुगिने नेकपा एकीकृत समाजवादीले जनाएको छ ।

एसले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा अलगै निर्णय गर्ने तयारी प्रदेश कमिटीका अध्यक्ष बलदेव चौधरीले बताए ।

नेकपा एसका ४ सांसद छन ।