काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर विश्वासको मत दिन आग्रह गरेका छन ।
मंगलबार ११ बजे बस्ने संसद बैठकबाट विश्वासको मत लिने तयारीमा रहेका प्रचण्ड १८ महिनासम्मको सहयात्रापछि छुटेका देउवाको समर्थन लिन धुम्बाराही पुगेका थिए ।देउवा र प्रचण्डबीच २०७७ फागुनदेखि सहकार्य थियो। २०७८ असारदेखि उनीहरु सत्ता सहकार्यमा थिए।
तर एमाले अध्यक्ष ओलीको जोडबलमा माओवादी अध्यक्ष प्रचण्डले पुस ११ गते तत्कालीन सत्ता गठबन्धन तोडेका थिए।
सत्ता गठबन्धन तोडेको करिब दुई सातापछि प्रचण्ड देउवालाई भेट्न धुम्बाराही पुगेका हुन्।

