काठमाडौँ । सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा जनसरोकारका धेरै विषय समेटिएको भन्दै त्यसको कार्यान्वयनमा जोड दिन प्रधानमन्त्री पष्पकमल दाहाल ‘प्रचण्ड’ ले कर्मचारीहरुलाई निर्देशन गरेका छन ।

उनले सोमबार सिंहदरवारमा आयोजित नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा कर्मचारीहरुलाई निर्देशन दिएका हुन ।

‘सरकारको मुलभूत ओरियन्टेसन के हुने भन्ने कुरा नीति तथा कार्यक्रममा समेटिएको छ । त्यसकारण दुविधारहित ढंगले यसलाई कार्यान्वयन गरेर जानुको कुरामा र स्थायी सरकार हुनुको नाताले मुख्य सचिवदेखि कर्मचारीतन्त्रका सवै पदाधिकारी विशेष रुपले भन्न चाहान्छु’, प्रधानमन्त्रीले भने, ‘तपाईहरुको क्षमता र दक्षताप्रति पुरै विश्वास छ । तर राजनीतिक अस्थिरताका कारण त्यो क्षमताको सहि सदुपयोग हुन सकेको छैन कि भनेर अस्ति पनि मैले प्रश्न उठाएको थिएँ । अव त्यस्तो हुने छैन ।’

उनले यो कार्यक्रम एक महिनाभित्र कार्यन्वयनको दिशामा लैजान निर्देशन दिएका छन ।