विराटनगर । नेकपा (माओवादी केन्द्र) प्रदेश १ संसदीय दलले प्रदेश १ काे मुख्यमन्त्री हिक्मतकुमार कार्कीकाे शपथ ग्रहणमा सहभागी नहुने भएको छ ।

संसद सचिवालय विराटनगरमा भर्खरै सम्पन्न बैठकले यस्ताे निर्णय गरेकाे माओवादी सांसद गणेश उप्रेतीले जानकारी दिए ।

आलाेपालाेकाे निर्णय नभएसम्म आफूहरू सरकारमा सहभागी नहुने विषयमा पार्टीको केन्द्रलाई जानकारी पठाउने दलले निर्णय गरेकाे हाे ।

प्रदेशकाे मुख्यमन्त्रीमा एमालेका हिक्मतकुमार कार्की हिंजाे नियुक्त भएका छन् । उनलाई आज शपथग्रहण गराउने तयारी छ । आजै उनले सानाे आकारकाे मन्त्री मण्डल निर्माण गर्ने तयारी गरेका छन् ।