विराटनगर । नव नियुक्त मुख्यमन्त्री हिकमत कार्कीको शपथ सोमवार दिउँसो हुने भएको छ । सोमवार दिउसो २ बजेका लागि शपथको समय तोकिएको प्रदेश प्रमुखको कार्यालयमा सूचना अधिकारी राम कुमार श्रेष्ठले बताए ।

कार्की आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका छन । एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाका ६० सांसदको समर्थनमा आइतबार नै कार्कीले मुख्यमन्त्रीमा दाबी गरेका थिए ।

मुख्यमन्त्री कार्कीले सानो आकारका मन्त्री मण्डल पनि भो लीनै विस्तार गर्ने तयारी गरेका छन । सत्ता गठबन्धनमा भएका दलहरूलाई समेटेर उनले सानो आकारको मन्त्री मण्डल विस्तार गर्न लागेका हुन । एमाले, माओवादी , राप्रपा र जसपालाई पनि समेटेर मन्त्रीमण्डल विस्तार गर्ने सहमति भएको राप्रपा संसदीय दलका नेता भक्ति प्रसाद सिटौलाले बताए ।

प्रदेश सभा नै खारेजको माग गर्दै आएको राप्रपाले पनि पहिलो चरणमै सरकारमा जाने भएको छ । ‘पहिलो चरणमै सरकारका जाने सहमति भएको छ,’ राप्रपा संसदीय दलका नेता सिटौलाले भने ‘हाम्रो पाटी बाट कसले सरकारको नेतृत्व गर्ने भन्ने आजै राति सम्ममा टुगो लगाउँछौँ ।’ मन्त्रालयको भने टुगो लागी नसकेको उनले बताए ।