काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारलाई जनता समाजवादी पार्टी नेपाल (जसपा)ले सरकारलाई विश्वासको मत दिने भएको छ। पार्टीले राख्दै आएका मागहरूप्रति सरकार सकारात्मक देखिएकाले विश्वासको मत दिने निर्णय गरेको जसपाले जनाएको छ।

गठबन्धनको तर्फबाट मस्यौदा गरिएको न्युनतम साझा कार्यक्रमको खाका हेर्दा पार्टीको राजनीतिक समितिको बैठकबाट सरकारमा सहभागी हुनका लागि राखिएका सर्तहरुमध्ये २ वटा सर्तहरु समेटिएको पार्टी प्रचार विभागले जनाएको छ।