विराटनगर । नेकपा एमाले प्रदेश १ को प्रमुख सचेतकमा रेवतीरमण भण्डारी चयन भएका छन् ।

एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मत कार्कीले भण्डारीलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।

भण्डारी सुनसरी सुनसरी २(१)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

उनी यसअघि २०७० मा संविधानसभा सदस्य पदमा पनि निर्वाचित भएका थिए ।

भण्डारी नेकपा एमाले सुनसरीका अध्यक्ष समेत हुन् ।