विराटनगर । प्रदेश १ का १४ जिल्लामा ५ हजार १ सय ३१ वटा सामुदायिक विद्यालयमध्ये २७ वटाले मात्रै सरकारी मापदण्ड पालना गरेको पाइएको छ ।
प्रदेश १ सरकारले बनाएको मापदण्ड ९सूचक० पूरा गर्ने सामुदायिक विद्यालय प्रदेशमा २७ वटा मात्रै भएको सरकार स्वयम्ले जनाएको छ । प्रदेशले निर्धारण गरेको मापदण्ड पूरा गरेका विद्यालयलाई सरकारले उत्कृष्टको सूचीमा राखेको छ । प्रदेशका ५ हजारभन्दा बढी विद्यालयमध्ये उत्कृष्ट भन्न लायक विद्यालय संख्या २७ हुनु ज्यादै कमजोर अवस्था हो ।
जसमा १४ वटा मावि र १३ वटा आधरभूत विद्यालयले मात्रै तोकिएको मापदण्ड पूरा गरेको सामाजिक विकास मन्त्रालय प्रदेश १ का सचिब बासुदेव दाहालले जानकारी दिए । प्रदेशको प्रत्येक जिल्लाका १÷१ वटा मावि उत्कृष्ट विद्यालय रहेको जानकारी दिँदै उनले आधरभूततर्पm १३ जिल्लाका १३ वटा विद्यालय उत्कृष्ट सूचीमा परेको बताए । मावितर्फ ३२ वटा सूचक र आधरभूततर्फ ३० वटा सूचक पूरा गर्ने विद्यालयलाई उत्कृष्ट व्यवस्थापन भएको विद्यालयको रुपमा सूचीकृत गरिएको सचिव दाहालले बताए ।
मावितर्फ उत्कृष्ट विद्यालयमा मोरङबाट विराटनगर ३ मा रहेको पोखरिया मावि रहेको छ । पोखरिया स्कुलका प्रधानध्यापक खेमराज भट्टराई हुन् । यहाँ भर्ना हुन विद्यार्थीहरूले प्रवेश परीक्षा उत्तिर्ण गर्नुपर्दछ ।
यसैगरी ताप्लजुङ्गको फुङलिङ नगरपालिका ४ को भानुजन मावि, पाँचथरको फिदिम नगरपालिका १ को फिदिम मावि, इलामकको देउमाइ नगरपालिका ४ मा रहेको भानुभक्त मावि उत्कृष्ट विद्यालय घोषित भएका छन् । यसैगरी सुनसरीको इटहरी उपमहानगरपालिका ९ मा रहेको जनता मावि, धनकुटाको सागुरीगढी गाउँपालिका ५ मा रहेको भानु मावि, तेह्रथुमको लाँलीगुराँस नगरपालिका २ बसन्तपुरमा रहेको बसन्त मावि, भोजपुरको साल्पासिलिछो गाउँपालिका १ मा रहेको वीरेन्द्र मावि, संखुवासभाको खाँदवारी नगरपालिका ९ मा रहेको मनकामना रत्न अम्विका मावि, सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ४ मा रहेको केदार मावि, ओखलढुङ्गाको मोलुङ गाउँपालिका २ मा रहेको बरुणेश्वर मावि, खोटाको दिरुमनपा २ मा रहेको जनजागृती मावि र उदयपुरको चौदण्डीगढी नगरपालिका ९ मा रहेको जनता मावि उत्कृष्ट विद्यालयमा सूचीकृत भएको सामाजिक विकास मन्त्रालयले जानकारी गराएको छ ।
यसैगरी आधारभूत विद्यालयतर्फ मोरङको ग्रामथान गाउँपालिका २ झोराहाटमा रहेको रवि आधरभूत विद्यालय उत्कृष्ट विद्यालयमा परेको छ । यो विद्यालयका प्रधानध्यापक जितेन्द्र कुमार सरदार रहेका छन् । २०४५ सालमा स्थापना भएको रवि आधरभूत विद्यालयमा ४१८ जना विद्यार्थीहरू अध्ययरत रहेका छन् । यहाँ अध्ययरत सम्पूर्ण विद्यार्थीहरू दलित सामुदायका छन् । नर्सरीदेखि कक्षा कक्षा पाँचसम्म अंग्रेजी माध्यमबाट पठनपाठन सुरू भएपछि विद्यार्थीको आकर्षण रहेको छ । नर्सरीमा मात्र ८० जना विद्यार्थी अध्ययरत रहेका छन् । यो संख्या नर्सरीमा अध्ययरत गर्ने प्रदेश १ भरीको सामुदायिक विद्यालयभन्दा बढी विद्यार्थी हुन् ।
यसैगरी आधारभूतर्फ उत्कृष्ट हुने विद्यालयहरूमा ताप्लेजङको पाथिभरा याङवरक गाउँपालिका १ मा रहेको हिमालय आवि, पाँचथरको फाल्गुनन्द गाउँपालिका २ मा रहेको त्रिभूवन आवि, इलामको सुर्योदय नगरपालिका ११ मा रहेको भवानी आवि, झापाको हल्दीवारीमा गाउँपालिका ३ मा रहेको गरमकाली आवि रहेको छ । यस्तैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका २ मा रहेको जलदेवी आवि, धनकुटाको चौविसे गाउँपालिका ३ मा रहेको जनकल्याण आवि, तेह्रथुमको म्याङलुङ नगरपालिका ६ मा रहेको सरस्वती आवि, भोजपुरको भोजपुर नगरपालिका ७ मा रहेको जनसेवा आवि, संखुवासभाको खाँदवारी नगरपालिका ३ मा रहेको लक्ष्मी आवि, सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ४ मा रहेको बासुकी आवि, खोटाङको दिरुम नगरपालिका १० मा रहेको जाल्पा आवि र उदयपुरको त्रियुगा नपा १३ मा रहेको जनप्रेमी आवि स्कुल उत्कृष्ट विद्यालय घोषित भएका छन् ।
उत्कृष्ट माविलाई १४ लाख र आविलाई साढे सात लाख
विराटनगर । प्रदेश १ मा उत्कृष्ट भएका २७ वटा विद्यालयहरूलाई प्रदेश सरकारले नगदसहित प्रोत्साहनसहित सम्मान गरेको छ । प्रदेशका उत्कृष्ट भएका १४ मावि र १३ वटा आधरभूत विद्यालयलाई नगदसहित सम्मान गरिएको हो । सामाजिक विकास मन्त्रालयले विराटनगरमा बुधबार एक कार्यक्रम आयोजना गरिएको उत्कृष्ट हुने माविलाई जनही १४ लाख र आधरभूत विद्यालयहरूलाई जनही ७ लाख ५० हजार रुपैयाँले प्रोत्साहन सम्मान गरिएको हो ।
सम्मान गरिएको विद्यालयहरूको प्रधानाध्यापकलाई प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई, सामाजिक विकास मन्त्री राजन राई, राज्यमन्त्री विष्णु तुम्बाहाम्फे लगायतले नगद, शिल्ड र प्रमाणपत्र बितरण गरेका थिए ।

