विराटनगर । खुल्ला सीमाको फाइदा उठाउँदै भारतबाट हुने चोरी तस्करी रोकथाम र नियन्त्रण गर्दै अवैध सामान समात्न मोरङ प्रहरी सक्रिय रूपमा लागि परेको छ ।
प्रहरीले पछिल्लो एक साता भित्र अवैध रूपमा चोरी तस्करी भएर आएको झन्डै २८ लाख मूल्य बरावरको सामान नियन्त्रणमा लिएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी टिकाबहादुर कार्कीको अनुसार एक हप्तामा मोरङ प्रहरी र मातहत कार्यालयहरू समेत गरी जिल्लाका विभिन्न स्थानमा चोरी तस्करी भएर आएको २७ लाख ९२ हजार ६८३ मूल्य बरावरको सामान बरामद गरेको बताए । भारतबाट नेपालतर्फ भन्सार छली चोरी पैठारी गरी ल्याएको खाद्यान्न, लत्ताकपडा, मोटर पार्टस, ग्याँस चुलोको बर्नरहरू लगायतका सामान बरामद गरेको उनले बताए । ब
रामद गरेको सामान आवश्यक कारबाहीको लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको उनले बताए । मोरङ प्रहरी र विराटनगर भन्सारले केही दिन अगाडी ५६ लाख मूल्य बरावरको तस्करीको सामान नियन्त्रणमा लिएको छ । विराटनगरको महावीर रोडमा अनिल साहको गोदाममा छापा हानेर अवैध रूपमा भन्सार छली गरेको दुई गाडी कपडा बरामद गरेको थियो ।
चोरी तस्करी रोकथाम र नियन्त्रण गर्न प्रहरी लागि परेको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए । अवैध रूपमा हुने चोरी, तस्करी रोक्न प्रहरी कडाइको साथ लागि परेको उनले बताए ।

