काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बुधबार भेटवार्ता भएको छ।
सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच कुराकानी भएको हो।
प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदैछन्। प्रधानमन्त्री प्रचण्डले यसअघि अध्यक्ष नेपालसँगको भेटमा सरकारलाई समर्थन गर्न आग्रह गरेका थिए।
अध्यक्ष नेपालले पार्टी बैठकमा यसबारे छलफल गरे पनि कुनै निर्णय गरिसकेका छैनन्।

