भेडेटारमा तीन दिने फुड फेस्टिबल शुरु

भेडेटार ।शनिवार बाट धनकुटाको भेडेटारमा तीन दिने फुड फेस्टिबल शुरु भएको छ । अंग्रेजी नयाँ वर्षलाई लक्षित गरी आयोजना गरिएको फुड फेस्टिबलमा ३० हजार आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने लक्ष्य लिइएको आयोजकले जनाएको हो ।

सांगुरीगढी गाउँपालिकाको सहयोगमा होटल एशोसिएसन अफ भेडेटारले आयोजना गरेको फेस्टिबलमा १ करोड बढीको कारोबार हुने अपेक्षा गरिएको छ । औपचारिक कार्यक्रमकाबीच आज उद्घाटन गरिएको फुड फेस्टिबललाई कोरोनाले थलिएको व्यापार व्यवसायको विकास र प्रवद्र्धन रुपमा समेत लिइएको छ । होटल एशोसिएशन अफ भेडेटारकी अध्यक्ष शान्तिमादेन श्रेष्ठले आगामी दिनमा सबैको साथ र सहयोग गरेको खण्डमा यही वर्षमा पर्यटन व्यवसाय फस्टाउने बताए ।

पूर्वको पर्यटकीय गन्तव्यका रुपमा रहेको भेडेटारमा आयोजित फुड फेस्टिबल विशेष गरी भारतीय पर्यटक लक्षित गरी आयोजना गरिएको छ । फेस्टिबलले भेडेटारलाई आन्तरिक तथा बाह्य पर्यटक माझ घुम्नैपर्ने गनतव्यका रुपमा चित्रित गर्न थप मद्यत पुर्‍याउने विश्वास लिइएको छ । फेस्टिबलमा सांस्कृतिक कार्यक्रमसँगै स्थानीय तथा जाति विशेष खानेकुराका परिकार प्रदर्शनीसँगै भेडेटार हेलि टुर, जिपलाइन तथा प्याराग्लाइडिङ सेवा उपलब्ध रहने सांगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए । उनले अंग्रेजी नयाँ वर्षमा बाहिरबाट आउने पर्यटकको स्वागतका लागि कार्यक्रम राखिएको बताए ।

फेस्टिबलमा गाउँपालिका अग्र्यानिक खानेकुरा र स्थानीय कृषि प्रदर्शनीसहितको स्टल राखिएका छन् । फेस्टिबल अवधिभर भेडेटारको रमणीय क्षेत्रको भ्रमण गराइने तथा हेलि टुर, जिपलाइन तथा प्याराग्लाइडिङ सेवा उपलब्ध रहने आयोजकले जनाएको छ ।

शनिबार, १६ पुष, २०७९, साँझको ०६:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर