राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्दै

काठमाडौं । राप्रपाले बुधबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्ने महामन्त्री भुवन पाठकले जानकारी दिए ।

बैठकमा पार्टीको सरकारमा सहभागिता रहने या नरहने भन्नेबारे छलफल हुनुका साथै विकसित राजनीतिक घटनाक्रमबारे पनि समीक्षा हुनेछ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेकै अवस्थामा पार्टी सरकारमा सहभागी हुने अवस्था नरहेको बताउँदै आएका छन् । यद्यपी सरकारमा जाने या नजाने भन्नेबारे पार्टीका नेताहरु एकमत छैनन् ।

पुष्प कमल दाहाल नेतृत्वको सरकारलाई भने राप्रपाले समर्थन गरेको छ ।

बुधबार, १३ पुष, २०७९, बिहानको ०९:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर